आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दा १६.६० अंकले ओरालो लागेको छ ।
कारोबार सुरुबाटै ओरालो लागेको नेप्से परिसूचक अन्तिम सम्म आउँदा १.१८ अकंले प्रतिशतले घटेको छ ।
आज ११ बजे १४०८.९९को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधीमा १३९१.२९ को बिन्दुमा पुगेको छ ।
त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये सबै उपसमुह ओरालो लागेको छ ।
अहिले कारोबार भईरहेका १८५ कम्पनीको २४ लाख ७४ हजार ३२९ कित्ता शेयर खरिद विक्री हुदाँ ९७ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै हाल कारोबारमा आएका कम्पनि मध्ये सिटिजन इन्भेष्टमेन्ट कम्पनिले ७ करोड ३३ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया