१८ निर्जीवन बीमा कम्पनीले कमाए साढ ४ अर्ब नाफा, कुनको कति ?

५ बर्ष अगाडि

काठमाडौं –  गत आर्थिक बर्षमा २० निर्जीवन बीमा कम्पनी मध्ये १८ कम्पनीले रु. ४ अर्ब ३६ करोड ५७ लाख खुद नाफा कमाएका छन् । उनीहरुले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तिय विवरणलेयस्तो देखाएको हो । 
वित्तिय विवरण अनुसार यो नाफा अघिल्लो आवको तुलनामा साढे १२ प्रतिशतले बढी हो । अघिल्लो आवमा उक्त कम्पनीहरुले रु. ३ अर्ब ८८ करोड ३५ लाख खुद नाफा कमाएका थिए । हालसम्म दि ओरियण्टल  र नेशनल इन्स्योरेन्सले गत आवको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छैनन् । 
कोरोनाका महामारी पनि निर्जीवन बीमा कम्पनीहरुको नाफा बढेको देखिएको छ । बन्दाबन्दीका कारण अन्य क्षेत्रका कम्पनीहरुको नाफामा घटेको छ । तर, बन्दाबन्दीमा दावी नआउँदा बीमा कम्पनीहरुको नाफा बढेको बताइएको छ । 
गत आवमा राष्ट्रिय बीमा कम्पनी पहिलो नम्बरमा देखिएको छ । उक्त कम्पनीले रु. ६३ करोड ८५ लाख खुद नाफा कमाएको छ । यस्तै, दोस्रो नम्बरमा रहेको शिखर इन्स्योरेन्सले ४५ करोड १ लाख खुद नाफा कमाएको छ । यसैगरि ४४ करोड ८५ लाख खुद नाफा कमाएर नेको इन्स्योरेन्सले आफुलाई तेस्रो नम्बरमा उभ्याउन सफल भएको छ । 

हेर्नुहोस्, कुन कम्पनीको कति नाफा ? 

५ बर्ष अगाडि

प्रतिक्रिया