आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा १०.४७ अंकले ओरालो लागेको छ ।
कारोबार सुरुबाटै ओरालो लागेको नेप्से परिसूचक दोस्रो घण्टाको अन्तिम सम्म आउँदा १० अकंले ओरालो लागेको हो ।
आज १४०८.९९को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १३९७.४३ को बिन्दुमा पुगेको छ ।
आज ११ बजे १४०८.९९ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.७४ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य १ उपसमुह मात्र बढेको छ ।
अहिले कारोबार भईरहेका १७७ कम्पनीको १० लाख १८ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै हाल कारोबारमा आएका कम्पनि मध्ये सिटिजन इन्भेष्टमेन्ट कम्पनिले २ हजार ९ सय १९ कित्ता शेयर खरिद विक्री हुदाँ ५ करोड ५१ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया