काठमाडौं – बीमा समितिले जीवन बीमा कम्पनीका लागि नयाँ बीमांकीय मुल्यांकन निर्देशिका जारी गरेको छ । समितिले बुधबार एक परिपत्र जारी गर्दै जीवन बीमा कम्पनीका लागि नयाँ बीमांकीय मुल्यांकन निर्देशिका जारी गरेको हो । योसँगै समितिले यसअघि जारी भएको बीमांकीय मुल्यांकन सम्बन्धी निर्देशिका २०७६ र सोल्भेन्सी मार्जिक निर्देशिका २०७० खारेज गरेको छ ।
नयाँ व्यवस्थाअनुसार अब बीमा कम्पनीहरुले आर्थिक बर्ष सकिएको ५ महिना भित्र बीमांकीय मुल्यांकन प्रतिवेदन बीमा समितिमा पेश गर्नुपर्ने भएको छ । साथै, बीमांकीय मुल्यांकन गर्दा गणितीय कोष र कुल बीमाशुल्क विधिबाट गर्नुपर्ने बताइएको छ ।
यस्तै, यस्तो मुल्यांकन गर्दा बास्तविक बचत वा ६ प्रतिशत व्याजदर मध्ये जुन कम हुन्छ । सोही दरमा गर्नुपर्ने बताइएको छ । साथै, बीमांकीय मुल्यांकन प्रतिवेदनमा कम्पनीको सञ्चालक समितिले सम्बन्धीत बिषयमा गरेको निर्णय प्रतिलिपि, कायम गर्न चाहेको बोनसदर लगायतका बिषयमा उल्लेख गर्नुपर्ने बताइएको छ ।
यस्तै, बीमांकीय मुल्याकन गर्दा व्यवसायमा बचत भएको घटीमा ९० प्रतिशत रकम बीमालेख लिने कोष अर्थात् बीमा कोषमा राख्नु पर्ने व्यवस्था गरिएको छ ।
यस्तै, बीमांकीय मुल्यांकन गर्र्न जीवन बीमा तर्फ मात्रा अनुभव भएको बीमांकीलाई नियुक्ती गर्नुपर्ने बताइएको छ । साथै, नेपालमा दर्ता भई कुनै अर्काे बीमा कम्पनीमा काम गरिरहेको बीमांकीलाई नियुक्ती गर्न नपाइने व्यवस्था गरिएको छ ।
कम्पनीहरुले विशेषगरि इन्सीच्यूट एन्ड फ्याकल्टी अफ एक्चुरीज, युके, इन्सीच्यूट अफ एक्चूरीज अफ इन्डीया, सोसाईटी अफ एक्च्यूरीज, अमेरिका लगायतका इन्सीच्यूटमा दर्ता भएका बीमांकीलाई नियुक्ती गर्नुपर्ने बताइएको छ ।
यस्तै, समितिले सोल्भेन्सी मार्जिक अनुपात १.५ भन्दा बढी हुने कम्पनीलाई ग्रिन बर्गमा राखेको छ । यस्तै, १ देखि १.५ सम्म हुनेलाई एम्बर बर्ग र १ भन्दा कम हुनेलाई रेड बर्गमा राख्ने बताएको छ ।
प्रतिक्रिया