काठमाडौं – नेको इन्स्योरेन्सले गत आर्थिक बर्षमा ४४ करोड ८५ लाख खुद नाफा संकलन गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको गत आवको चोथौ आवको चौथो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा अघिल्लो आवको भन्दा ३० प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आव रु. ३४ करोड ३६ लाख खुद नाफा कमाएको थियो ।
यस्तै, कम्पनीले समिक्षा बर्षमा रु. २ अर्ब ७ करोड ३६ लाख कुल बीमाशुल्क गरेको छ । कम्पनीले अघिल्लो आवमा रु. १ अर्ब ९१ करोड बीमाशुल्क संकलन गरेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । कम्पनीले आफने जगेडाँकम रू. ५ अर्ब २४ करोड, बीमा कोषमा रू. ८३ करोड १६ लाख रकम जम्मा गरेको छ ।
कम्पनीले २ अर्ब ६१ करोड रुपैयाँ लगानी गरेको छ । दिर्घकालिन रुपमा भने ५३ करोड ३६ लाख रुपैयाँ लगानी गरेको देखिन्छ ।
वित्तिय विवरणअनुसार कम्पनीको प्रति शेयर आम्दानी ३४.०५ रुपैयाँ रहेको छ । यस्तै, पीई अनुपात १७.८३, प्रति शेयर नेटवर्थ रू. २०८.९६, प्रतिशेयर कुल सम्पत्तिको मुल्य रु. ३७१.९५ रहेको छ ।
प्रतिक्रिया