कारोबारको पहिलो घण्टा : दोहोरो अकंले घट्यो नेप्से

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा १४.६७ अंकले ओरालो लागेको छ ।

कारोबार सुरुमा उकालो त्यसपछि ओरालो यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा १४ अकंले ओरालो लागेको हो ।

आज १४०८.९९ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३९३.२३ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे को १४०८.९९ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक  १.०४ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य कुनै पनि  उपसमुह बढेका छैनन् ।

अहिले कारोबार भईरहेका १५६ कम्पनीको ६ लाख ५७ हजार कित्ता शेयर खरिद विक्री हुदाँ २८ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया