अछामको रामारोशनमा बाढीले २२ घर र २३ जना मानिसलाई बगाएको छ ।
अविरल वर्षापछि कैलास खोलामा आएको बाढीले रामारोशन गाउँपालिका–५, सैनी बजारका २२ पसल बगाएका छन्।
डिएसपी दीपक भारतीका अनुसार बाढीले रामारोशनकाे गजड बजार, मुजा बगर र सैनी बजारमा पनि क्षति पुगेकाे छ ।
बाढीले घरमा रहेका २३ जनालाई बगाएकोमा ४ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् ।
अहिले नेपाल प्रहरी घटनास्थल पुगेर उद्दारमा जुटेकाे छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया