कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु भएको छ ।

५ बर्ष अगाडि

स्वास्थ्य मन्त्रालयका अनुसार ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

मंगलबार बिहान नवलपरासीका ३७ वर्षीय पुरुषको मृत्यु भएको हो भने 

यता काभ्रेस्थित धुलीखेल अस्पतालमा उपचाररत ९८ वर्षीय संक्रमित वृद्धको  पनि मंगलबार नै मृत्यु भएको छ ।

यस्तै गण्डकी प्रदेशमा २ जना कोरोना संक्रमितको समेत मृत्यु भएको छ । ती मृतक कास्की र तनहुँका हुन् । 

यस्तै बाँकेको नेपालगन्जमा कोरोना संक्रमणकै कारण ६२ वर्षीय पुरुषको समेत मृत्यु भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया