आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक अन्तिम समयसम्म आइपुग्दा ५.६८ अंकले बढेको छ ।
आज १४०२.२१को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधीमा ०.४१ प्रतिशतले बढेर १४०७.८९ को बिन्दुमा पुगेको छ ।
तर सेन्सेटिभ भने ओरालो यात्रामा छ । आज सेन्सेटिभ ०.२३ अंकले घटेर २८९.७७ को बिन्दुमा पुगेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ८ वटा उपसमुह बढेका छन।
आज अन्तिम समयसम्म कारोबारमा आएका १८९ कम्पनीको ४१ लाख १४ हजार ५१२ कित्ता शेयर १६ हजार ८ सय पटक खरिद विक्री हुदाँ १ अर्ब २३ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै हाल कारोबारमा आएका कम्पनिमध्ये सिटिजन इन्भेस्मेन्ट र्टस्टले १६ करोड ६० लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया