काठमाडौं – गत आर्थिक बर्षमा १९ जीवन बीमा कम्पनीले रू. ३ अर्ब ३९ करोड ९४ लाख खुद नाफा कमाएका छन् । कम्पनीले हालै सार्वजनिक गरेको वित्तिय विवरणले यस्तो देखाएको हो ।
बीमा कम्पनीहरूको यो नाफा अघिल्लो आवको भन्दा करिब ५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले रू. ३ अर्ब २५ करोड नाफा कमाएका थिए । अघिल्लो आवमा कम्पनीहरुको १५ प्रतिशतले बढेको थियो । तर, अहिले कोरोना भाइरसको महामारीको कारण त्यो बृद्धिदर घटेको देखिन्छ ।
नाफा कमाउने मामलामा नेपाल लाइफ अगाडि देखिएको छ । उक्त कम्पनीले रू. ५३ करोड ३ लाख रूपैयाँ नाफा कमाएको छ ।
यस्तै, दोस्रो नम्बरमा नेशनल लाइफ रहेको छ । तेस्रो नम्बरमा मेट लाइफ रहेको छ ।
हेर्नुहोस् कम्पनीको कति नाफा
प्रतिक्रिया