१९ जीवन बीमा कम्पनीले उठाए ९३ अर्ब बीमाशुल्क, कुनको कति ?

५ बर्ष अगाडि

काठमाडौं – गत आर्थिक बर्षमा १९ जीवन बीमा कम्पनीले रू. ९२ अर्ब ९४ करोड बीमाशुल्क संकलन गरेको छन् । कम्पनीले हालै सार्वजनिक गरेको वित्तिय विवरणले यस्तो देखाएको हो ।
बीमा कम्पनीहरूको यो बीमाशुल्क अघिल्लो आवको भन्दा २० दशमलव ४५ बढी हो । अघिल्लो आवमा कम्पनीले रू. ७७ अर्ब १५ करोड ६५ लाख बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो आवमा बीमाशुल्क संकलन ४६ प्रतिशतले बढेको थियो । तर, अहिले कोरोना भाइरसको महामारीको कारण त्यो बृद्धिदर घटेको देखिन्छ ।
बीमाशुल्क संकलन गर्ने मामलामा नेपाल लाइफ अगाडि देखिएको छ । उक्त कम्पनीले रू. २७ अर्ब ६२ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
यस्तै, दोस्रो नम्बरमा एलआईसी नेपाल र तेस्रो नम्बरमा नेशनल लाइफ रहेको छ । चौथो नम्बरमा राष्ट्रिय बीमा सस्थान रहेको छ । केही बर्ष अगाडि स्थापना भएको युनियन लाइफ भने ५ औं नम्बरमा छ । 

हेर्नुहोस् कम्पनीको कति बीमाशुल्क
 

५ बर्ष अगाडि

प्रतिक्रिया