राष्ट्रिय बीमा संस्थानको नाफा बढ्यो, यस्तो छ अन्य परिसुचक

५ बर्ष अगाडि

काठमाडौं – सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले गत आर्थिक बर्षमा रु. ५ करोड ९० लाख ६५ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा अघिल्लो आवको भन्दा २० लाख रुपैयाँले ले बढी हो । अघिल्लो आवमा कम्पनीले रू. ५ करोड ७० लाख २३ हजार खुद नाफा कमाएको थियो । 
यस्तै, कम्पनीले गत आवको रु. ७ अर्ब ६ करोड ४२ लाख खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवमा कम्पनीले रु. ६ अर्ब ३५ करोड खुद बीमाशुल्क संकलन गरेको थियो । 
हाल कम्पनीको चुक्तापुँजी रु. १८ करोड १० लाख रहेको छ । कम्पनीले जगेडा कोषमा रु. २८ करोड ५८ लाख रुपैयाँ जम्मा गरेको छ । यस्तै, बीमा कोषमा रु. २६ अर्ब ५४ करोड ३९ लाख जम्मा भएको देखिन्छ । 
कम्पनीले दिर्घकालिन रुपमा ९ अर्ब १ करोड ८३ लाख लगानी गरेको छ । अल्पकालिन रुपमा भने १५ अर्ब २४ करोड रुपैयाँ लगानी भएको देखिन्छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया