दश अंकले बढयो नेप्से : एक अर्बभन्दा बढीको कारोबार

५ बर्ष अगाडि

आज साताको दोस्रो दिन  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४ घण्टामा अवधिमा १०.७५ अंकले बढेको  छ ।

कारोबार सुरुमा केही समय  ओरालो लागेको नेप्से दोस्रो घण्टाबाट  उकालो यात्रा तय गरी   अन्तिम सम्म आउँदा ०.७७ प्रतिशतले बढेको छ ।

आज १३९१.४८ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधीमा १४०२.२१ को बिन्दुमा पुगेको छ । 

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य १ वटा मात्र उपसमुह बढेका छे ।

अहिले कारोबार भईरहेका १८४ कम्पनीको  ३५ लाख ९१ हजार ४८ कित्ता शेयर खरिद विक्री हुदाँ १ अर्ब  ७ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै हाल कारोबारमा आएका कम्पनिमध्ये नेपाल बैकं लिमिटेडले  ६ करोड ९७ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया