आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा १.९१ अंकले उकालो लागेको छ ।
कारोबार सुरुबाटै ओरालो त्यसपछि उकालो यात्रा लागेको नेप्से परिसूचक दोस्रो घण्टाको अन्तिम सम्म आउँदा २ अकंले उकालो लागेको हो ।
आज १३९१.४८ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १३९३.३७ को बिन्दुमा पुगेको छ ।
आज ११ बजे को १३९१.४८ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.१४ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ८ वटा मात्र उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १७८ कम्पनीको १ ५लाख ४२ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ४१ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै हाल कारोबारमा आएका कम्पनिमध्ये नबिल बंैकले २ सय ३ ८५ कित्ता शेयर खरिद विक्री हुदाँ ४ करोड ८५ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया