कारोबारको पहिलो घण्टा : ५ अकंले ओरालो लाग्यो नेप्से

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा ५.४५ अंकले ओरालो लागेको छ ।

कारोबार सुरुबाटै ओरालो  यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा ५ अकंले ओरालो लागेको हो ।

आज १३९१.४८ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३८६.०६ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे को १३९१.४८ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.३९ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य २ वटा मात्र उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १५८ कम्पनीको ८ लाख ९२ हजार कित्ता शेयर खरिद विक्री हुदाँ २१ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै हाल कारोबारमा आएका कम्पनिमध्ये नबिल बैक लिमिटेड कम्पनिले २ सय ८३ कित्ता शेयर खरिद विक्री हुदाँ ३ करोड ४६ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया