काठमाडौं – प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक बर्षमा रु. २५ करोड ४० लाख खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको गत आवको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा अघिल्लो आवको भन्दा २९ लाखले बढी हो । अघिल्लो आवमा कम्पनीले रु. २५ करोड ११ लाख खुद नाफा कमाएको थियो ।
यस्तै, समिक्षा अवधीमा कम्पनीले रु. १ अर्ब ५४ करोड ७४ लाख कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवमा कम्पनीले रु. १ अर्ब १ करोड बीमाशुल्क संकलन गरेको थियो, जसअनुसार गत आवको कम्पनीको बीमाशुल्क संकलन ५३ करोड रुपैयाँले बढेको देखिन्छ ।
समिक्षा बर्षमा कम्पनीले ६६ हजार ८४१ बीमालेख जारी गरेको छ । नविकरण गरिएको बीमालेखको सख्या भने १८ हजार ९२९ रहेको छ । समिक्षा बर्षमा कम्पनीमा रु. २६ करोड ९४ लाख ८३ हजार बराबरको दावी परेको छ ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा २१ करोड ८६ लाख जम्मा गरेको छ । यस्तै, बीमा कोषमा रु. ७० करोड ४२ लाख जम्मा गरेको देखिन्छ ।
कम्पनीले अल्पकालिन रुपमा ८५ रकेड ४ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै दिर्घकालिन रुपमा ३६ करोड २८ लाख रुपैयाँ लगानी गरेको देखिन्छ ।
वित्तिय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी २४ रुपैयाँ रहेको छ । यस्तै, मुल्य आम्दानी अनुपात २०, प्रतिशेयर नेटवर्थ १९७, प्रति शेयर कुल सम्पत्तिको मुल्य २९३, तरलता अनुपात २.६० रहेको छ ।
प्रतिक्रिया