नेरूडे लघुवित्तको नाफा पनि घट्यो, प्रति शेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं – नेरूडे लघुवित्त वित्तिय संस्थाले गत आवमा रु. ७ करोड ८ लाख ६५ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
लघुवित्तको यो नाफा अघिल्लो आवको भन्दा कम हो । अघिल्लो आवमा लघुवित्तले रु. १२ करोड ६८ लाख खुद नाफा कमाएको थियो । बिशेषगरि कोरोनाको महामारीले पुर्याएको असरका कारण लघुवित्तको नाफा प्रभावित भएको हो । 
यस्तै, गत असारसम्म कम्पनीले रु. २ अर्ब १८ करोड १५ लाख निक्षेप संकलन गरेको छ । अघिल्लो आवसम्म कम्पनीले रु. १ अर्ब ९४ करोड भन्दा बढी निक्षेप संकलन गरेको थियो । 
लघुवित्तको कर्जा प्रवाह भने ५ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ रहेको छ । प्रवाहित कर्जाबाट लघुवित्तले समिक्षा बर्षमा रु.८६ करोड ९४  लाख कुल व्याज आम्दानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी भने ३८ करोड ३८ लाख रुपैयाँ रहेको छ ।
हाल लघवित्तको चुुक्तापुँजी ४५ करोड ७२ लाख रुपैयाँ रहेको छ । लघुवित्तले आफ्नो जगेडामा पनि ४५ करोड रुपैयाँ नै जम्मा गरेको छ । 
वित्तिय विवरणअनुसार लघुवित्तको प्रति शेयर आम्दानी १५.५० रुपैयाँ रहेको छ । यस्तै, मुल्य आम्दानी अनुपात ४९.११, प्रतिशेयर नेटवर्थ १९८.५२, प्रति शेयर कुल सम्पत्तिको मुल्य १३६९.४६, तरलता अनुपात ७.०७ रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया