गएको २४ घण्टामा कोरोनाबाट थप दुई जनाको मृत्यु , थपिए ६ सय ४१ नयाँ संक्रमित

५ बर्ष अगाडि

नेपालमा गएको २४ घण्टामा  कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ भने  थप ६ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

यो वृद्धिसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १०४ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २६,६६० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बितेको २४ घण्टामा १३४  जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै अहिलेसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ३ सय ३५ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ रहेको छ। हाल क्वारेन्टिनमा १५ हजार २ सय ४३ जना रहेका छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया