आयल निगमका १० जना कर्मचारीमा कोरोना संक्रमण, रुपन्देहीमा काम बन्द

५ बर्ष अगाडि

नेपाल आयल निगमका १० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

निगमको रुपन्देहीस्थित भलबारी डिपोका ३, निगमकै भैरहवास्थित पेट्रोल पम्पका ३ र गौतमबुद्ध विमानस्थलस्थित हवाई इन्धन डिपोका ४ जनामा कोरोना भाइरस संक्रमण भएको हो । 

कर्मचारमिा कोरोना भाइरस संक्रमण देखिएपछि भैरहवाको पेट्रोल पम्प र भलबारीको प्रादेशिक डिपोबाट आइतबारदेखि काम बन्द भएको छ । 

यसअघि विमानस्थलको हवाई इन्धन डिपो शुक्रबारबाट नै शिल गरिएको थियो । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भलवारी डिपोका ४० जना, भैरहवा पम्पका २२ जना र विमानस्थल डिपोका १६ जना गरी ७८ जनाको स्वाब परीक्षण गरिएकोमा अन्यको भने रिपोर्ट नेगेटिभ आएको बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया