कारोबारको अन्तिम समयसम्म पनि ओरालो यात्रामै  नेप्से : १७ अंकको गिरावट

५ बर्ष अगाडि

आज साताको  पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)  परिसुचक कारोबारको अन्तिम समयसम्म पनि ओरालो यात्रामै सिमित रहयो ।

कारोबार सुरुबाटै ओरालो  यात्रा लागेको नेप्से परिसूचक  कारोबारको अन्तिम सम्म आउँदा १७.३३ अकंले ओरालो लागेको छ ।

आज ११ बजे  १४३०.२३  को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधीमा  १ .२३ प्रतिशतले घटेर १३९१.४६ को बिन्दुमा पुगेको छ । 

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य एउटा  मात्र उपसमुह बढेका छन् ।

कारोबारको अन्तिमसम्म कारोबारमा आएका  १८५ कम्पनीको ४३ लाख ७१ हजार ८५४ कित्ता शेयर खरिद विक्री हुदाँ १ अर्ब २५ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै हाल कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले २ लाख  ५७  हजार ४ सय ३३ कित्ता शेयर खरिद विक्री हुदाँ ७ करोड ९४ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया