कारोबारको दोस्रो घण्टा :ओरालो यात्रामै नेप्से

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा १४,७० अंकले ओरालो लागेको छ ।

कारोबार सुरुबाटै ओरालो लागेको नेप्से परिसूचक दोस्रो घण्टाको अन्तिम सम्म आउँदा १४ अकंले ओरालो लागेको हो ।

आज १४३०,२३ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १३९४,१० को बिन्दुमा पुगेको छ । 

आज ११ बजे १४३०,२३ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक १,०४ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य कुनै पनि  उपसमुह  बढेका छन्न ।

अहिले कारोबार भईरहेका १८० कम्पनीको २२ लाख ३१ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ६३ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै हाल कारोबारमा आएका कम्पनि मध्ये नेपाल लाइफ रिइन्सुरेन्स कम्पनिले १ हजार ३ सय ३६ कित्ता शेयर खरिद विक्री हुदाँ ४ करोड ३३ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया