आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा २१.५२ अंकले ओरालो लागेको छ ।
कारोबार सुरुबाटै ओरालो यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा २१ अकंले ओरालो लागेको हो ।
आज १४०७.७१ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३८७.२७ को बिन्दुमा पुगेको छ ।
आज ११ बजे १४०७.७१ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक १.५३ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य कुनै पनि उपसमुह बढेका छैन्न ।
अहिले कारोबार भईरहेका १७० कम्पनीको ११ लाख १९ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ३८ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै हाल कारोबारमा आएका कम्पनि मध्ये नेपाल लाइफ इन्सुरेन्स कम्पनिले १ हजार ३ सय ३० कित्ता शेयर खरिद विक्री हुदाँ ३ करोड १८ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया