काठमाडौं – गत आर्थिक बर्षको चौथो त्रैमासमा युनिलिभर नेपाल लिमिटेड ५ करोड २० लाखले घाटामा गएको छ । कम्पनीले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
समग्रमा गत आवमा कम्पनीले ३५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्ला आवको भन्दा पनि कम हो । अघिल्लो आवमा कम्पनीले १ अर्ब ६ करोड ५४ लाख खुद नाफा कमाएको थियो ।
बिशेषगरि कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण उद्योग क्षेत्र प्रभावित भएपछि युनिलिभरको नाफा पनि प्रभावित भएको हो ।
गत बर्षमा कम्पनीले आफ्नो कारोबारबाट रु. ५ अर्ब ५४ करोड ७२ लाख आम्दानी गरेको छ । अन्य माध्यमबाट भने १२ करोड ८ लाख रुपैयाँ आम्दानी भएको छ । समिक्षा अवधीमा कम्पनीको जम्मा आम्दानी ५ अर्ब ६६ करोड रहेको छ ।
गत आवको कम्पनीको आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीले ६ अर्ब २७ करोड आम्दानी गरेको थियो । हाल कम्पनीको चुक्तापुँजी ९ करोड २१ लाख रहेको छ ।
प्रतिक्रिया