तेस्रो त्रैमासकै तुलनामा प्रभु लाइफको नाफा घट्यो

५ बर्ष अगाडि

काठमाडौं –  प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले गत आवमा रु. ४ करोड ४४ लाख ९६ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएकोहो । 
कम्पनीको यो नाफा अघिल्ला आवको भन्दा बढी हो । अघिल्लो आवमा कम्पनीले रु. ३ करोड ८१ लाख नाफा कमाएको थियो । यद्यपि, गत आवको तेस्रो त्रैमासको तुलनामा कम्पनीको नाफा घटेको देखिन्छ । 
गत आवको तेस्रो त्रैमासमा कम्पनीले ५ करोड ५५ लाख खुद नाफा कमाएको थियो । चौथो त्रैमाससम्म आउँदा कम्पनीको नाफा घटेको देखिन्छ । 
यस्तै, कम्पनीले गत आवको रु. १ अर्ब १९ करोड कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले हालसम्म भने रु. १ अर्ब ७८ करोड कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आवमा ६७ हजार ९२ ओटा बीमालेख जारी गरेको छ । हालसम्मको जम्मा बीमालेख जारी संख्या भने ९७ हजार ८७५ रहेको छ । 
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रहेको छ । कम्पनीले जगेडा कोषमा १४ करोड ८९ लाख, बीमा कोषमा १ अर्ब ४ करोड रकम जम्मा गरेको छ । 
कम्पनीले दिर्घकालिन रुपमा ८७ करोड १५ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै, बीमालेख धितो राखेर विमितलाई नै ४ करोड ७३ लाख कर्जा प्रवाह गरेको छ । कम्पनीले अल्पकालिन रुपमा भने १ अर्ब ४१ करोड लगानी गरेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया