काठमाडौं– प्रहरीले ३ केजी सुनसहित २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौको प्रहरी टोलीले सुनसहित टोखाबाट २ जनालाई पक्राउ परेको जनाएको हो ।
प्रहरी स्रोतका अनुसार गएराती रसुवा घर भएका पेम्वा लामा र नरबहादुर घले तीन केजी सुनसहित पक्राउ परेका हुन् ।
घटनाबारे महानगरीय प्रहरी परिसर काठमाडौले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर जनाकारी दिने तयारी गरेको छ । ‘टोखाबाट काठमाडौतर्फ आउदै गरेको एक मोटरसाइकल चेकजाँचका क्रममा सुन भेटिएको हो ।
प्रतिक्रिया