२७ बाणिज्य बैंकले कमाए सवा ५४ अर्ब खुद नाफा, कुन बैंककोकति ?

५ बर्ष अगाडि

काठमाडौं – गत आर्थिक बर्षमा २७ बाणिज्य बैंकले ५४ अर्ब ३१ करोड ६१ लाख खुद नाफा कमाएका छन् । आइतबार उनीहरुले सार्वजनिक गरेको गत आवको वित्तिय विवरणले यस्तो देखाएको हो । 
तथ्यांकअनुसार गत आवमा बाणिज्य बैंकहरुको नाफा ११ दशमलव ९५ प्रतिशतले कम हो । अघिल्लो आवमा उक्त बैंकहरुले ६१ अर्ब ६९ लाख भन्दा बढी नाफा कमाएका थिए । 
बिशेषगरि लकडानउका कारण बैंकहरुको व्याज आम्दानी हुन नसक्दा गत आवमा नाफामा गिरावट आएको हो । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले झण्डै ४ महिना लकडाउन लगायो । त्यो अवधीमा उद्योगहरु प्रभावित भएपछि राष्ट्र बैंकले नै कर्जा भुक्तानी अवधी थप गरिदियो । फलस्वरुप व्याज आम्दानी हुन नसक्दा नाफा पनि घटेको हो ।
बैंकहरुको नाफा औषतमा करिब १२ प्रतिशतले घट्दा पनि ४ बैंकको नाफा भने बढेको छ । तथ्यांकअनुसार ग्लोबल आईएमई बैंकको नाफा ११.८० प्रतिशतले बढेको छ । यस्तै, प्राइम बैंकको ४.२७ प्रतिशत, एनएमबी बैंकको ०.५९ प्रतिशत र सेञ्चुरी बैंकको ३४ प्रतिशतले नाफा बढेको छ । यस बाहेक अन्य बैंकको नाफा भने घटेको छ । 
गत आवमा नाफा कमाउने मामलामा सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक नै अग्र स्थानमा देखिएको छ । गत आवमा रु. ४ अर्ब ४५ करोड नाफा कमाएर राष्ट्रिय बाणिज्य बैंक पहिलो नम्बरमा आएको छ । यस्तै, दोस्रो नम्बरमा रहेको नविल बैंकले रु. ३ अर्ब ३५ करोड नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको कृषि विकास बैंकले रु. ३ अर्ब ४६ करोड खुद नाफा कमाएको छ ।

हेर्नुहोस् कुन बैंकको कति नाफा (आव २०७६÷७७)
 

५ बर्ष अगाडि

प्रतिक्रिया