कृषि विकास बैंकको नाफामा गिरावट, वितरण योग्य नाफा कति ?

५ बर्ष अगाडि

काठमाडौं –  कृषि विकास बैंकले गत आवमा रू. ३ अर्ब ४६ करोड खुद नाफा कमाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
बैंकको यो नाफा अघिल्लो आवको भन्दा १७.२६ प्रतिशतले कम हा । अघिल्लो आवमा बैंकले रु. ४ अर्ब १९ करोड नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने रु. १ अर्ब ६६ करोड ५३ लाख छ । 
समिक्षा अवधीसम्म बैंकले रु. १ खर्ब ४३ अर्ब ६४ करोड ८२ लाख निक्षेप संकलन गरेको छ । कर्जा लगानी भने रु. १ खर्ब २३ अर्ब रहेको छ । बैंकले वित्तिय संस्थालाई पनि १ अर्ब १४ करोड कर्जा प्रवाह गरेको छ । बैंकले प्रवाहित कर्जाबाट समिक्षा बर्षमा रु. १५ अर्ब ३४ करोड कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने ६ अर्ब २३ करोड रहेको छ । 
हाल बैंकको चुक्तापुँजी १४ अर्ब ४४ करोड रहेको छ । यस्तै, बैंकले जगेडामा ११ अर्ब भन्दा बढी रकम जम्मा गरेको छ । 
वित्तिय विवरण अनुसार बैंकको प्रति शेयर आम्दानी  ३२.८८ रुपैयाँ रहेको छ । यस्तै, बैंकको मुल्य आम्दानी अनुपात ११.७१, प्रतिशेयर नेटवर्थ २३७.५४, प्रति शेयर खुद मुल्य २३७.५४, तरलता अनुपात ३३.९८ प्रतिशत रहेको छ । 
यस्तै, बैंकको निष्क्रिय कर्जा २.७१ प्रतिशतमा रहेको छ । यसैगरि आधार ९.२६ प्रतिशत र स्प्रेड दर ४.४४ प्रतिशत रहेको छ । बैंककाअनुसार यी सबै परिसुचक अघिल्लो आवको भन्दा कम हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया