उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

५ बर्ष अगाडि

काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौँका ८०, ललितपुरका ९ र भक्तपुरका ९ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौँका २४ जना, वीर अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ र काठमाडौँका ३ जना, वी एण्ड वी अस्पतालमा गरिएको परिक्षणमा ललितपुरका १ जना र नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका २४ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै स्टार अस्पताल सानेपामा गरिएको परिक्षण काठमाडौँका १० र ललितपुरका ७ जना, नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका ८  जना र काठमाडौँका ४ जना, विध ल्याबमा गरिएको परीक्षणमा काठमाडौँका १० र ललितपुरका १ जना, विरेन्द्र अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ३ र सूर्य हेल्थ केयरमा गरिएको परीक्षणमा काठमाडौँका २ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया