उपत्यकामा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि

५ बर्ष अगाडि

काठमाडौं । गएको  २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार काठमाडौँका ८३ जना, ललितपुरका ३० जना र भक्तपुरका ६ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा भक्तपुरका ३, काठमाडौँका २३ तथा ललितपुरका १ जना, पाटन अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १, काठमाडौँका ४ तथा ललितपुरका २६ जना, वी एण्ड वी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका १ जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका १६ तथा ललितपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ३ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षमणमा काठमाडौँका १३ जना, स्टार अस्पताल सानेपामा गरिएको परिक्षणमा भक्तपुरका २ तथा काठमाडौँका ६ जना, ह्याम्स अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका १० जना र नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ७ जनामा संक्रमण पुष्टि भएको हो।

५ बर्ष अगाडि

प्रतिक्रिया