ट्रक र माइक्रोबस ठोक्किँदा दुई महिलाको मृत्यु

७ बर्ष अगाडि


तनहुँमा आज बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । 
पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ४१९४ नं को ट्रक र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा३ख ४४४२ नं को माइक्रोबस म्याग्दे गाउँपालिका–४ मनहरीमा ठोक्किँदा दुवै जनाको मृत्यु भएको हो । उनीहरुको नाम र ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । दुर्घटनामा आठ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ । 

मृतकको परिवारलाई सहयोग 
सवारी दुर्घटनामा ज्यान गुमाएका तनहुँको भानु नगरपालिका–१ साजबोटेका ज्ञानबहादुर तामाङको परिवारलाई प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले रु १० हजार सहयोग गर्नुभएको छ । 

सांसद श्रेष्ठले तामाङकी श्रीमतीलाई सो सहयोग हस्तान्तरण गर्नुभएको हो । उहाँले तामाङको परिवार र उनका छोराछोरीलाई शिक्षादिक्षा तथा जीविकोपार्जनका लागिसमेत सहयोग गर्ने आश्वासन दिनुभएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया