पार्टीभित्रको विवाद सुल्झाउन ओली र प्रचण्डबीच कार्यदल बनाउने सहमति

५ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीभित्रको विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन गरिएको छ । 

शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कार्यदल बनाउने सहमति भएको हो ।

 पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठीत कार्यदलमा जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन् । 

कार्यदलले छिट्टै विवाद सुल्झाउने गरी काम गर्ने दुई अध्यक्षबीच सहमति भएको बताइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया