डिएसपीलाई बुहारी 'सेक्सी' लागेपछि...

७ बर्ष अगाडि

फेसबुकले युवापुस्तालाई मात्र होइन, बृद्ध पुस्तालाई पनि बिगारेको छ । 

प्रविधिको राम्रो ज्ञान नहुँदा र दुरुपयाेगको परिणाम थाहा नहुँदा फेसबुकका कारण धेरै बर्बाद भएका छन् । 

नेपाल प्रहरीका एक पूर्व डिएसपी पनि अहिले फेसबुकको लफडामा फसेका छन् । 

आफ्नी भाई बुहारीलाई अश्लील सन्देश पठाएको तथा फोटोमा चरित्रहत्या गर्ने गरी कमेन्ट गरेको आरोपमा पूर्व डिएसपी कृष्णकुमार खड्का क्षेत्री पक्राउ परेका हुन् । 

उमेरले करिब ६ दशक पुगेका उनलाई फेसबकुको लत रहेछ ।

साथीभाई तथा आफन्तको फोटो र स्टाटसमा कमेन्ट गरिरहने मात्र होइन, म्यासेन्जरमा म्यासेज पनि पठाईरहन्थे । 
त्यही क्रममा उनले आफ्नी बुहारीको फोटोमा सेक्सी भनेर कमेन्ट गरे । 

बुहारी आश्चार्यमा परिन् । 
अन्य फोटोमा पनि उनले त्यस्तै कमेन्ट गर्दै गए । 

पछि त च्याटमा नै अश्लील म्यासेजहरु पठाउन थालेपछि उनकी बुहारी हैरान भइन् र प्रहरीमा पुगिन् । 

काठमाडौंमा होस्टल चलाउने ती महिला असोज २ गते उजुरी लिएर महानगरी अपराध महाशाखा पुगिन् । 

महाशाखाले उनलाई फोन गर्यो । 
उनी भुपु डिएसपी भएको पत्ता लाग्यो । 

नेपालगन्ज बस्ने उनलाई काठमाडौं ल्याईयो । 
गत शुक्रबार उनलार्य महाशाखाले बोलायो, बुहारीलाई पठाएको म्यासेज देखायो । आज प्रकाशित दृष्टि साप्ताहिकमा खबर छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया