प्रदेश १ मा थपिए ११५ जना नयाँ सङ्क्रमित

५ बर्ष अगाडि

प्रदेश १ मा बिहीवार ११५ जना कोरोना सङ्क्रमित थपिएका छन् । जसमध्ये  ८३ जना पुरुष र ३२ जना महिला रहेका छन्।

सङ्क्रमितहरु मोरङ्गका ८८, सुनसरीका १९, इलामका ४, झापा र उदयपुरका ११, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

योसँगै प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या १,६२६ पुगेको छ। तीमध्ये ७२५ जना सक्रिय सङ्क्रमित रहेका छन्।

सङ्क्रमणका कारण प्रदेश १ मा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ। मृतक सबै मोरङ्ग जिल्लाका पुरुष हुन्।

५ बर्ष अगाडि

प्रतिक्रिया