नेपालमा गएको २४ घण्टामा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार जनाएको छ।
यो वृद्धिसँगै कोरोना भाइरसबाट २२ महिला र ७३ पुरुषसहित मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २४,९५७ पुगेको छ।
गएको एक सातामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३५ छ।
प्रतिक्रिया