सानिमा जनरलको पनि बढ्यो नाफा र बीमाशुल्क

५ बर्ष अगाडि

काठमाडौं – सानिमा जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा रु. ५  करोड ५६ लाख २९ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको गत आवको चौथो आवको वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा अघिल्लो आवको भन्दा  पनि बढी हो । अघिल्लो आवमा कम्पनीले रु. ३ करोड ६२ लाख ६२ हजार खुद नाफा कमाएको देखिन्छ । कोरोना भाइरसको महामारीका बावजुत पनि कम्पनीको नाफा  बढेको देखिएको छ । 
यस्तै, कम्पनीको बीमाशुल्क संकलन पनि बढेको छ । अघिल्लो आवमा कम्पनीले १९ करोड ६२ लाख १७ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । गत बर्ष भने रु. ३५ करोड २६ लाख भन्दा बढी बीमाशुल्क संकलन भएको वित्तिय विवरणमा उल्लेख छ । 
गत आवमा कम्पनीले ४२ हजार ३८३ ओटा बीमालेख जारी गरेको छ । यस्तै, १ हजार ८४८ बीमालेख नविकरण गरिएको छ । कम्पनीमा समिक्षा अवधीमा रु. ६ करोड ५६ लाख दावी भुत्तानी आएको छ ।
हाल कम्पनीको चुक्तापुँजी ७० करोड  रहेको छ । यस्तै, जगेडा कोषमा ४ करोड, बीमा कोषमा ५ करोड र महाविपत्ती कोषमा ५ करोड भन्दा बढी रकम जम्मा भएको विवरणमा उल्लेख छ । 
कम्पनीले दिर्घकालिन रुपमा ८५ लाख लगानी गरेको छ । अल्पकालिन रुपमा भने रु. ८६ करोड ४९ लाख लगानी गरेको देखिन्छ । 
वित्तिय विवरणअनुसा समग्रमा कोरोनाको महामारीका बापजुत पनि कम्पनीले गत आवमा राम्रो व्यवसाय गरेको देखिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया