कोरोनाको महामारीका बीच पनि एनएलजीको नाफा र बीमाशुल्क बढ्यो

५ बर्ष अगाडि

काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा रु. २० करोड १० लाख ४७ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको गत आवको चौथो आवको वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा अघिल्लो आवको भन्दा  पनि बढी हो । अघिल्लो आवमा कम्पनीले रु. १७ करोड ४२ लाख खुद नाफा कमाएको देखिन्छ । कोरोना भाइरसको महामारीका बावजुत पनि कम्पनीको नाफा  बढेको देखिएको छ । 
यस्तै, कम्पनीको बीमाशुल्क संकलन पनि बढेको छ । अघिल्लो आवमा कम्पनीले १ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । गत बर्ष भने रु. १ अर्ब ७३ करोड बीमाशुल्क संकलन भएको वित्तिय विवरणमा उल्लेख छ । 
गत आवमा कम्पनीले १ लाख ६९ हजार ८३७ ओटा बीमालेख जारी गरेको छ । यस्तै, ३३ हजार १८० बीमालेख नविकरण गरिएको छ । कम्पनीमा समिक्षा अवधीमा रु. ८९ करोड ८ लाख दावी भुत्तानी आएको छ ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब भन्दा बढी रहेको छ । यस्तै, जगेडा कोषमा ३१ करोड, बीमा कोषमा ८९ करोड र महाविपत्ती कोषमा ७५ करोड भन्दा बढी रकम जम्मा भएको विवरणमा उल्लेख छ । 
कम्पनीले दिर्घकालिन रुपमा ५२ करोड ९६ लाख १८ हजार लगानी गरेको छ । अल्पकालिन रुपमा भने रु. १ अर्ब ७३ करोड ५१ लाख लगानी गरेको देखिन्छ । 
वित्तिय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ३१.३९ रहेको छ । मुल्य आम्दानी अनुपात २०.९३, प्रतिशेयर नेटवर्थ ३५७.८० र प्रतिशेयर कुल सम्पत्तिको मुल्य ५३९.०१ रहेको छ । 
वित्तिय विवरणअनुसा समग्रमा कोरोनाको महामारीका बापजुत पनि कम्पनीले गत आवमा राम्रो व्यवसाय गरेको देखिएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया