सिटिजन्स बैंकको नाफामा घट्यो, कति छ वितरणयोग्य नाफा

५ बर्ष अगाडि

काठमाडौं –  सिटीजन्स बैंक इन्टरनेशनलले गत आर्थिक बर्षमा रु. १ अर्ब ११ करोड ६० लाख नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
बैंकको यो नाफा अघिल्लो आवको भन्दा कम हो । अघिल्लो आवमा बैंकले रु. १ अर्ब ४६ करोड ३२ लाख खुद नाफा कमाएको थियो ।
बिशेषगरि कोरोनाको महामारीका कारण नेपालको आर्थिक क्षेत्र प्रभावित भएपछि नेपाल राष्ट्र बैंकले कर्जाको किस्ता भुक्तानी गर्ने अवधी थपिदियो । त्यसैको असरले नै बैंकको नाफामा घटेको अनुमान हो । व्याज आम्दानी गर्न नसकेपछि नाफामा असर पुगेको बताइएको छ । 
बैंकले अघिल्लो आवको चौथो त्रैसमामा ३९ करोड ३६ लाख भन्दा बढी नाफा कमाएको थियो । तर, गत आवको चौथो आवमा रु. २४ करोड ७९ लाख मात्र खुद नाफा कमाएको छ । गत आवमा बैंकको बितरणयोग्य नाफा भने ८२ करोड ३९ लाख रुपैयाँ रहेको छ । 
गत असारसम्म बैंकले ८८ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै, बैंकले ६२  अर्ब ९१ करोड कर्जा प्रवाह गरेको देखिन्छ । बैंकले वित्तिय सस्थाहरुलाई भने १ अर्ब ५८ करोड रुपैयाँ लाख कर्जा दिएको छ ।
प्रवाहित कर्जाबाट बैंकले गत आवमा ९ अर्ब ४८ करोड ६२ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने रु. २ अर्ब ८८ करोड १६ लाख रहेको छ । 
हाल बैंकको चुक्तापुँजी ९ अर्ब ८ करोड रहेको छ । बैंकले आफ्नो जगेडामा २ अर्ब ८२ करोड भन्दा बढी रकम जम्मा गरेको छ । 
वित्तिय विवरण अनुसार बैंकको प्रति शेयर आम्दानी १२.९२  रुपैयाँ रहेको छ । यस्तै, प्रति शेयर कुल सम्पत्तिको मुल्य १२१५.२६, मुल्य आम्दानी अनुपात १४.५५, तरलता अनुपात २६.१४ प्रतिशत, प्रति शेयर नेटवर्थ १४७.०७ रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया