कारोबारको दोस्रो घण्टा :ओरालो यात्रामै नेप्से

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा ६.३१ अंकले ओरालो लागेको छ ।

कारोबार सुरुबाटै ओरालो लागेको नेप्से परिसूचक दोस्रो घण्टाको अन्तिम सम्म आउँदा ६ अकंले ओरालो लागेको हो ।

आज १४३०.२३ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १४१९.०१ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे १४३०.२३ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०. ४४ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ३ वटा उपसमुह मात्र बढेका छन् ।

अहिले कारोबार भईरहेका १८० कम्पनीको ११ लाख ३२ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ३४ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै हाल कारोबारमा आएका कम्पनिमध्ये युनाइटेड रिइन्सुरेन्स कम्पनिले १ हजार ३ सय ५० कित्ता शेयर खरिद विक्री हुदाँ २ करोड ९८ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया