काठमाडौं – नविल बैंकले गत आर्थिक बर्षमा रु. ३ अर्ब ५६ करोड ६६ लाख ७३ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा अघिल्लो आवको भन्दा करिब १६ प्रतिशतले कम हो । अघिल्लो आवमा बैंकले रु. ४ अर्ब २३ करोड ८८ लाख खुद नाफा कमाएको थियो ।
बिशेषगरि कोरोनाको महामारीका कारण नेपालको आर्थिक क्षेत्र प्रभावित भएपछि नेपाल राष्ट्र बैंकले कर्जाको किस्ता भुक्तानी गर्ने अवधी थपिदियो । त्यसैको असरले नै बैंकको नाफामा घटेको अनुमान हो । व्याज आम्दानी गर्न नसकेपछि नाफामा असर पुगेको बताइएको छ ।
बैंकले अघिल्लो आवको चौथो त्रैसमामा १ अर्ब भन्दा बढी नाफा कमाएको थियो । तर, गत आवको चौथो आवमा रु. ४० करोड ७९ लाख मात्र खुद नाफा कमाएको छ । गत आवमा बैंकको बितरणयोग्य नाफा भने ३ अर्ब ४ करोड २२ लाख रुपैयाँ रहेको छ ।
गत असारसम्म बैंकले १ खर्ब ९० अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै, बैंकले १ खर्ब ४८ अर्ब २३ करोड कर्जा प्रवाह गरेको देखिन्छ । बैंकले वित्तिय सस्थाहरुलाई भने ५ अर्ब ८३ करोड ६३ लाख कर्जा दिएको छ ।
प्रवाहित कर्जाबाट बैंकले गत आवमा १६ अर्ब ४९ करोड ९५ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने रु. ७ अर्ब २ करोड २ लाख रहेको छ ।
हाल बैंकको चुक्तापुँजी १० अर्ब ९ करोड रहेको छ । बैंकले आफ्नो जगेडामा १२ अर्ब ६६ करोड भन्दा बढी रकम जम्मा गरेको छ ।
प्रतिक्रिया