आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा १३.५५ अंकले ओरालो लागेको छ ।
कारोबार सुरुबाटै ओरालो यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा १३ अकंले ओरालो लागेको हो ।
आज १४३०.२३ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १४११.७७ को बिन्दुमा पुगेको छ ।
आज ११ बजे को १४३०.२३ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.९५ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य १ वटा मात्र उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १६१ कम्पनीको ३ लाख ७९ हजार कित्ता शेयर खरिद विक्री हुदाँ १५ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै हाल कारोबारमा आएका कम्पनिमध्ये युनाइटेड रिइन्सुरेन्स कम्पनिले १ हजार ३ सय ४० कित्ता शेयर खरिद विक्री हुदाँ १ करोड ९९ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया