बुटवल पावरका कारण आठ कम्पनी धरापमा, किन्लान् त नबिकेको एफपिओ ?

७ बर्ष अगाडि
काठमाडौँ । बुटवल पावर कम्पनीले जारी गरेको थप सार्वजनिक निस्कासन(एफपिओ) बिक्री नहुँदा ८ वटा अन्डरराइटर कम्पनी धरापमा परेका छन् । उनीहरुले बिक्री हुन बाँकी रहेको रु ५८ करोड बराबरको एफपिओ खरिद गर्नुपर्ने भएको छ । एफपिओ बिक्री गर्नु भन्दा पहिले बजारमा बिक्री नभए पनि हामी किन्छौ भनेर गरिएको सम्झौताका कारण उनीहरुको कम्पनी समेत धरापमा परेको हो । सो कम्पनीको ८ वटा अन्डरराइट कम्पनी सहभागी थिए । सुरुमा पाँच वटा मात्रे अन्डर राइट रहेको बताइएपनि एफपिओ बिक्री नभएपछि थप तीन वटा कम्पनी रहेको सार्वजनिक गरिएको छ । सो कम्पनीले रु दुई अर्ब ४ करोड बराबरको एफपिओ बिक्री गरेको थियो । तर तोकिएको अवधि भन्दा एक महिना बढीसम्म समेत एफपिओ बिक्रीको समय बढाउँदा समेत बिक्री नभएपछि अब एफपिओ खरिद गर्ने दायित्व अन्डर राइटमा आइपुगेको हो । बुटवल पावरले गत माघ १५ देखि प्रतिकित्ता ५०१ दरले ४० लाख ८१ हजार कित्ता सेयर एफपिओमा बिक्री गर्न लागेको थियो । रु १०० सयको शेयरमा रु ४०१ मा प्रिमियम थपेर एफपिओ बिक्री गरेको थियो । नेपालको धितोपत्रको पछिल्लो इतिहासमा एफपिओ बिक्री नभएर समस्यामा परेको र अन्डरराइट कम्पनी नै एफपिओ खरिदमा लाग्नु परेको यो नै पहिलो घटना हो । यस अगाडि जारी भएको एफपिओ तोकिएको समयमा बिक्री नभएपछि समय थप भएको थियो । समय थप भएको अवधीमा पनि सर्वसाधरणले एफपिओ नकिनेपछि संस्थागत लगानीकर्ताको लागि बिक्री आहन गरिएकोथियो । संस्थागत लगानीकर्ताले पनि एफपिओ नकिनेपछि अन्डरराइट गर्ने ८ वटा कम्पनीले बुटवल पावरको एफपिओ किन्नुपर्ने अवस्था आएको छ । अन्डरराइट गर्ने कम्पनीले बिक्री नभएको सेयर खरिद गर्ने प्रत्याभुत सम्झौता गरेका हुन्छन् । सो अनुसार सबैभन्दा बढी ३२ प्रतिशत सेयर अर्थात २० करोड रुपैयाँर्को एफपिओ एनएमबी क्यापिटले खरिद गर्नुपर्ने छ । यस्तै लक्ष्मी क्यापिटलले ६ करोड ९९ लाख १ करोड ७१ लाख,ग्लोबल क्यापिटलले ३४ लाख,ग्लोबल समुन्नत योजनाले २ करोड २८ लाख,नबिल इन्भेष्टमेन्ट बैकिङले ४ करोड २८ लाख,नबिल ब्यालेन्स फण्डले १ करोड ६० लाख र नबिल इक्विटी फन्डले २ करोड ६८ लाख रुपैयाँको एफपिओ खरिद गर्नुपर्ने भएको छ ।
७ बर्ष अगाडि

प्रतिक्रिया