काठमाडौं – समाज लघुवित्त वित्तिय संस्थाले पनि भदौ ४ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ । लघुवित्तले आज एक सुचना जारी गर्दै भदौं ४ गतेदेखि आईपीओ बिक्री गर्ने जानकारी दिएको हो ।
लघुवित्तले छिटोमा भदौ ८ गतेसम्म बिक्री खुल्ला गर्ने बताएको छ । ढिलोमा भने भदौ १८ गतेसम्म आईओ निष्काशन गरिने आह्वान पत्रमा उल्लेख छ ।
लघुवित्तले कुल ८६ लाख रुपैयाँको आईपीओ निष्काशन गर्न लागेको हो । त्यसमा कम्पनीका कर्मचारीलाई १ हजार कित्ता र सामुहिक लगानी कोषलाई ४ हजार ३०० कित्ता शेयर छुट्टाइएको छ । बाँकी रहेको ८० हजार ७०० कित्तामा सर्वसाधरणले आवेदन दिन सक्ने छन् । उनीहरुले न्यूनतम १० कित्ता देखि ५००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपओि प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया