रुसमा स्विकृत भयो कोरोना भाइरस विरूद्धकाे भ्याक्सिन, राष्ट्रपतिकी छोरीले लगाइन्

५ बर्ष अगाडि

रुसमा कोरोनाभाइरस भ्याक्सिनले आधिकारिक रुपमा स्वीकृति पाएको छ । 

गेमालेया इन्स्टिच्युटले बनाएको भ्याक्सिनको राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार सार्वजनिक घोषणा गरे । 

रुसको स्वास्थ्य मन्त्रालयले प्रयोगको स्वीकृति दिएको सो भ्याक्सिन विश्वकै पहिलो सफल कोरोना भ्याक्सिन भएको पुटिनले दावी गरे ।

पुटिनले आफ्नी छोरीले पनि यो भ्याक्सिन लगाएको जानकारी दिए ।

मंगलबार रुसको स्वास्थ्य मन्त्रालयले भ्याक्सिन सफल भएको प्रमाणीकरण गरेको छ । 

यसलगत्तै राष्ट्रपति भ्लादिमिर पुटिनले यो भ्याक्सिनको उत्पादन छिटै सुरु गरिने ठूलो संख्यामा भ्याक्सिनको डोज बनाइने घोषणा गरे । 

पुटिनका अनुसार उनकी छोरीलाई कोरोनाभाइरस संक्रमण भएको थियो त्यसैले उनलाई यो भ्याक्सिन दिइयो । केही समयको लागि उनको शरीरको तापक्रम बढ्यो तर अब उनी ठिक छिन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया