हालै शेयर कारोबार सुरु भएको अजोड इन्स्योरेन्सले कति नाफा कमायो ?

५ बर्ष अगाडि

काठमाडौं – हालै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुचिकृत भइ शेयर कारोबार सुरु भएको अजोड इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा रु. ६ करोड २० लाख  खुद नाफा कमाएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।  
कम्पनीको यो नाफा अघिल्लो आवको भन्दा ५०.८५ प्रतिशतले बढी हो । अघिल्लो आवको आवमा कम्पनीले ४ करोड ११ लाख खुद नाफा कमाएको थियो । 
यस्तै, समिक्षा बर्षमा कम्पनीले रु. ८६ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै, उक्त अवधीमा ९१ हजार २२७ ओटा बीमालेख जारी गरेको छ । यसैगरि ५ हजार ९२ बीमालेख नविकरण गरिएको कम्पनीको भनाइ छ । उक्त अवधीमा कम्पनीले २२ करोड ५४ लाख रुपैयाँ दावी भुक्तानी गरेको देखिन्छ । 
यस कम्पनीले हालै ३० करोड रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो । त्यो अनुसार कम्पनीको चुक्तापुँजी १ अर्ब भन्दा बढी भएपनि असारसम्म भने ७० करोड रुपैयाँको हारहारीमा छ । 
यस्तै हाल कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ ६८ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ भने ११५ रुपैयाँ ९७ पैसा पुगेको देखिन्छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया