काठमाडौं - एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ ३ लाख २० हजार ६१४ जनाले हात पारेका छन् ।
कम्पनीले मंगलबार (आज) सानिमा क्यापिटलको कार्यलयमा गोलाप्रथाबाट सेयर बाँडफाँड गर्दा उनीहरूले करिब ३४ करोड रुपैयाँ बराबरको आइपीओ हात पारेका हुन् ।
कम्पनीको आइपीओमा आवेदन गर्ने आवेदकले १० कित्ताको दरले शेयर हात पारेका छन् भने ९७ हजार ३४४ जना आवेदकले शेयर नपाउने भएका छन्।
आइपीओका लागि कुल ४ लाख १७ हजार ९५८ जना आवेदकबाट १ अर्ब ५३ करोड रुपैयाँ बराबरको आइपीओ खरिदको लागि आवेदन परेको थियो।
कम्पनीले प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर निष्काशन गरेको थियो।
जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरिएको थियो।
कर्मचारीका लागि सुरक्षित गरिएकोमध्ये ४५ हजार ९५७ कित्ता शेयर बिक्री नभएपछि सो शेयर समेत थप गरी सर्वसाधारणमा ३२ लाख ६ हजार १४० कित्ता शेयर बाँडफाँड गरिएको हो।
कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ १३ पैसा र प्रतिशेयर आम्दानी २ रुपैयाँ ४ पैसा कायम हुने प्रक्षेपण गरेको छ।
प्रतिक्रिया