कोरोनाबाट धनुषामा थप एकको मृत्यु

५ बर्ष अगाडि

जनकपुरधाम कोरोना संक्रमणबाट धनुषामा थप एकको मृत्यु भएको छ ।

धनुषाकोको विदेह नगरपालिका वडा नम्बर ८ बस्ने ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कोभिड १९ बिशेष अस्पतालका संयोजक डा। जामुनप्रसाद सिंहले जानकारी दिए ।

प्रादेशिक अस्पतालको कोभिड १९ विशेष अस्पताल जनकपुरमा करिब २० दिन देखि आईसीयुमा उपचाररत्त रहेका सो पुरुषको गत राति कोरोनाको कारण मृत्यु भएको हो । 

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले धनुषामा समुदाय स्तरमा कोरोना फौलिसकेको छ । 

यस भन्दा पहिले आइतवार मृत्यु भएका पुरुषमा सोमबार मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको थियो ।

धनुषामा अहिलेसम्म यो लगाएर ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया