उपत्यकामा थपिए  ४४ नयाँ कोरोना संक्रमित

५ बर्ष अगाडि

काठमाडौँ । उपत्यकामा  आज थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको जानकारी  अनुसार काठमाडौँमा ३६, ललितपुरका ४ तथा भक्तपुरका ४ जनामा संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौँका १२ तथा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ६ जनामा संक्रमण पुष्टि भएको हो।

नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १, काठमाडौँका ८ तथा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।

स्टार अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका ३, काठमाडौँका ८ तथा ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।

बिध ल्याब काठमाडौँमा गरिएको परिक्षणमा काठमाडौँका १ जनामा संक्रमण पुष्टि भएको हो।

ह्याम्स अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका एकजनामा संक्रमण पुष्टि भएको हो।

५ बर्ष अगाडि

प्रतिक्रिया