काठमाडौं – एभरेष्ट इस्योरेन्सले गत आर्थिक बर्ष २०७६/७७ मा रु. १९ करोड ३१ लाख ३९ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तिय विवरण (लेखापरिक्षण नभएको) ले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा अघिल्लो आवको भन्दा १५ करोड भन्दा बढी हो कम्पनीले अघिल्लो आवमा (लेखा परिक्षण भएको) रु. ४ करोड १ लाख १० हजार खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीमा कम्पनीले रु. ९० करोड ४४ लाख ३२ हजार कुल बीमाशुल्क संकलन गरेको छ । यस्तै, ७९ हजार ५०२ ओटा बीमालेख जारी गरेको देखिन्छ । कम्पनीमा गत आवमा १२० ओटा मात्र बीमालेख नविकरण भएका छन् ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ९ करोड रहेको छ । कम्पनीले आफ्नो जगेडामा २७ करोड ४५ लाख ७४ हजार रुपैयाँ राखेको छ । यस्तै, बीमा कोषमा रु. ३२ करोड ६७ लाख ४४ हजार जम्मा गरेको वित्तिय विवरणमा उल्लेख छ ।
कम्पनीले दिर्घकालिन रुपमा रु. ३० करोड रुपैयाँ लगानी गरेको छ । यस्तै, अल्पकालिन रुपमा भने १ अर्ब ३४ करोड ६१ लाख रुपैयाँ लगानी गरेको वित्तिय विवरणमा उल्लेख छ ।
वित्तिय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी रु.१७.६२, प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ, मुल्य आम्दानी अनुपात २३ र प्रति शेयर कुल सम्पत्तिको मुल्य २१६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया