सिदार्थ बैंकको नाफा घट्यो, कति छ वितरणयोग्य नाफा ?

५ बर्ष अगाडि

काठमाडौं – सिद्धार्थ बैंकले गत आर्थिक बर्षमा रु. ३ अर्ब २ करोड ६६ लाख खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
बैंकको यो नाफा अघिल्ला आवको भन्दा ८ दशमलव २६ प्रतिशतले बढी हो । अघिल्ला आवमा बैंकले ३ अर्ब २९ करोड ९४ लाख खुद नाफा कमाएको थियो । 
गत आवको चौथो त्रैमासमा मात्र बैंकले रु. १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आवमा बैंकको वित्तरण योग्य नाफा भने ८६ करोड ६४ लाख ८४ हजार रुपैयाँ रहेको छ । 
यस्तै, समिक्षा अवधीसम्म बैंकले रु. १ खर्ब ३९ अर्ब ६० करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको कर्जा प्रवाह भने रु. १ खर्ब २३ अर्ब ४४ करोड ८० लाख रुपैयाँ रहेको छ । बैंकले वित्तिय संस्थाहरुलाई भने रु. ४ अर्ब ४३ लाख रुपैयाँ कर्जा दिएको छ । 
बैंकले प्रवाहित कर्जा बाट समिक्षा बर्षमा रु. १५ अर्ब ४४ करोड ५९ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने ५ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।   
हाल बैंकको चुक्तापुँजी रु. ९ अर्ब ७८ करोड रहेको छ । बैंकले आफ्नो जगेडामा भने रु. ५ अर्ब २४ करोड ३३ लाख रुपैयाँ राखेको छ । 
वित्तिय विवरणअनुसार बैंकको प्रति शेयर आम्दानी २१.३८ रुपैयाँ रहेको छ । यस्तै, पीई रेसियो १३.८४, प्रति शेयर नेटवर्थ १६३.२२, तरलता अनुपात २४.१५ प्रतिशत र कुल सम्पत्तिको प्रतिशेयर मुल्य १८६६.३० रुपैयाँ रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया