काठमाडौं – हालै आरम्भ र चौतारी लघुवित्त मर्ज भएर एकीकृत कारोबार सुरु गरेको आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाले गत आर्थिक बर्ष रू. ३ करोड २२ लाख ६४ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
लघुवित्तको यो नाफा अघिल्लो आवको भन्दा करिब १२ प्रतिशतले बढी हो । अघिल्लो आवमा २ करोड ८५ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा बर्षसम्ममा लघुवित्तले रु. ८८ करोड ५७ लाख २४ हजार रुपैयाँ डिपोजीट संकलन गरेको छ । कर्जा भने २ अर्ब ५१ करोड ५९ लाख ४२ हजार रुपैयाँ विस्तार भएको छ ।
प्रवाहित कर्जाबाट लघुवित्तले समिक्षा अवधीमा रु. ३९ करोड ४७ लाख ९९ हजार व्याज आम्दानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी भने १८ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
हाल लघुवित्तको चुक्तापुँजी २६ करोड ३४ लाख रुपैयाँ रहेको छ । लघुवित्तले आफ्नो जगेडामा भने रु. ७ करोड २ लाख रुपैयाँ राखेको छ । वित्तिय विवरणअनुसार लघुवित्तको प्रतिशेयर आम्दानी १२.२५ प्रतिशत रहेको छ । यस्तै, मुल्य आम्दानी अनुपात ३८.११, प्रतिशेयर नेटवर्थ ११५.९८, कुल सम्पत्तिको मुल्य १.२१ प्रतिशत र तरलता अनुपात ५.२४ प्रतिशत रहेको छ ।
प्रतिक्रिया